धनगढीबाट डडेल्धुरा जाँदै गरेको स्कारपियोमा आगलागी

padma

धनगढी – धनगढीबाट डडेल्धुरातर्फ जाँदै गरेको एक स्कारपियोमा आगलागी भएको छ। सुदूरपश्चिम प्रदेश ०४००१ च ००५८ नम्बरको स्कारपियोमा मंगलबर बिहान आगलागी भएको हो।

Shikhar Dental

उक्त गाडीमा भीमदत्त राजमार्ग अन्तरगत हगुल्टेमा आगलागी भएको प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जानकारी दिएको छ।

तार सर्ट भएर गाडीमा आगलागी भएको बताइएको छ। आगलागीबाट स्कारपियो पूर्णरुपमा जलेर नष्ट भएको छ। तर कुनै मानविय क्षति नभएको प्रहरीले जनाएको छ। स्कारपियो डडेल्धुराका शान्ति जोशीको भएको जनाईएको छ ।

Nawadurga
Leave A Reply

Your email address will not be published.