दार्चुलाको चौलानी नदीमा एक महिलाको शव फेला

Image
maya metro

दार्चुला – दार्चुलाको चौलानी नदीमा एक महिलाको शव फेला परेको छ।

मार्मा गाउँपालिका– २ सिमार बस्ने २६ वर्षीया सबिता चन्द सिंहको शव सोमबार फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

nisarga

उनको शव लेकम गाउँपालिका–१ चोतेबगरस्थित चौलानी नदीमा फेला परेको थियो।

उक्त विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।