धनगढीमा लागुऔषधसहित गोदावरीका एक युवक पक्राउ

padma
Shikhar Dental

धनगढी – धनगढीमा लागूऔषधसहित एक युवक पक्राउ परेका छन्। प्रहरीले धनगढी उपमहानगरपालिका २ त्रिनगरमा से ७ प ६२३७ नम्बरको स्कुटीलाई चेकजाँच गर्ने क्रममा लागूऔषध खैरौ हेरोईनसहित एकजनालाई  पक्राउ गरेको हो।

पक्राउ पर्नेमा गोदावरी नगरपालिका १२ बस्ने २९ वर्षीय धर्म बडैला रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ। उनको साथबाट ८ ग्राम खैरो हेरोईन फेलापारी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Nawadurga
Leave A Reply

Your email address will not be published.