दार्चुलामा ३५० किलो बेवारिसे झ्याउ बरामद

Image
maya metro

दार्चुला – दार्चुलामा प्रहरीले ३५० किलो बेवारिसे झ्याउ बरामद गरेको छ। प्रहरीले जिल्लाको व्यास गाउँपालिका–३ गल्फास्थित सडक किनारमा बेवारिसे अवस्थामा रहेको प्रतिबन्धित जडीबुटी ‘झ्याउ’ बरामद गरेको हो।

सडक किनारमा लुकाइछिपाइ राखेको करिब ३५० किलोग्राम प्रतिबन्धित जडीबुटी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी प्रहरी निरीक्षक राजेश शाहीले बताए। उनका अनुसार प्रहरी चौकी सुन्सेरा र अपीनाम्पा संरक्षण क्षेत्र रेञ्ज पोष्ट सुन्सेराबाट खटिएको संयुक्त टोलीले झ्याउ बरामद गरेको थियो।

nisarga

उक्त प्रतिबन्धित जडीबुटीबारे अनुसन्धान भइरहेको र सो जडीबुटी आवश्यक कारबाहीका लागि अपीनाम्पा संरक्षण क्षेत्र रेञ्ज पोष्ट सुन्सेराको जिम्मा लगाइएको बताइएको छ।