असार २६ गते आइतबार सार्वजनिक बिदा

Image
maya metro

काठमाडौं – सरकारले असार २६ गते आइतबार सार्वजनिक बिदा दिएको छ ।

इस्लाम धर्मावलम्बीहरुको पर्व बकर ईदको अवसरमा आइतबार सार्वजनिक बिदा दिएको गृहमन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ ।

nisarga

मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार मुस्लिम आयोगको अनुरोधमा असार २६ गते सार्वजनिक बिदा दिने निर्णय गरिएको हो ।