कैलालीको घोडाघोडी नगरपालिकाको कार्यालयमा हातहतियारसहित प्रवेश गरेका ३ जना पक्राउ

padma

कैलाली – कैलालीको घोडाघोडी नगरपालिकाको कार्यालयमा हतियारसहित प्रवेश गरेका ३ जना पक्राउ परेका छन्। नगरपालिकाको वडा नम्बर २ साँडेपानीका ३६ वर्षीय विरबहादुर बोहरा, २८ वर्षीय भूपेन्द्र रावल र २६ वर्षीय रामप्रसाद चौलागाई बुधबार नगरपालिकाको कार्यालयमा घरेलु हतियारसहित प्रवेश गरेका हुन्।

Shikhar Dental

इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायव उपरीक्षक लक्ष्मण शाहीले उनीहरुलाई पक्राउ गरेको बताए। उनीहरु रीफ्रेस सेन्टर निमार्णमा विवाद भएपछि नगरपालिकाको कार्यालय भित्र हतियारसहित प्रवेश गरेको शाहीले बताए।साडेपानीमा निर्माण भइरहेको रिफ्रेश सेन्टर साडेपानीकै स्थानिय एक समुह त्यही बन्नु पर्ने र अर्को समुह बन्नु हुदैन भन्ने गरेको र सोसी विवाद चर्किएपछी एक समुह नगरपालिका नै उडाई दिने र नगरपालिका का कर्मचारीहरूलाई काटी दिन्ँछु भन्दै नगरपालिकाको कार्यालय प्रवेश गरेका शाही ले बताए।

नगरपालिका को बैठक चलिरहेको समयमा उनिहरु कार्यालय प्रवेश गरेको पाइएको छ। तीन जना मासु काट्ने हतियार र छुरासहित नगरपालिकाको कार्यालय प्रवेश गरेपछि कर्मचारीको भागा भाग भएको थियो।।

इलाका प्रहरी कार्यालयको टोलीले उनीहरुलाई मोटरसाइकलमा भाग्दै गर्दा पक्राउ गरेको हो। नगरपालिकाले उनीहरुविरुद्द बिहिबार उजुरी दिने बताएको छ। उजुरी नआएकाले प्रक्राउ परेकाविरुद्द मृद्दा नचलाइएको प्रहरीले बताएको छ।

Nawadurga
Leave A Reply

Your email address will not be published.