Attariya Hospital Pvt.Ltd.

कैलालीमा आर्थिक वर्ष २०७७/७८ मा ७४ करोड भन्दा बढी बेरुजु,सबैभन्दा बढी घोडाघोडीमा

padma
milan sunchadi

अत्तरिया – कैलालीका १३ स्थानीय तहमा गत आर्थिक वर्ष २०७७/७८ मा ७४ करोड भन्दा बढी बेरुजु रकम देखिएको छ । आर्थिक वर्ष २०७७/७८ मा ७४ करोड ५ लाख ६१ हजार बेरुजु रकम देखिएको महालेखा परीक्षकको ५९ औँ वार्षिक प्रतिवेदन देखिएको हो ।

nawajiwan

कैलालीमा सबैभन्दा बढी बेरुजु भएको रकम घोडाघोडी नगरपालिकामा देखिएको छ । उक्त नगरपालिकामा १५ करोड ७९ लाख ३६ हजार रुपैंया बेरुजु देखिएको छ । जोशीपुर गाउँपालिकामा सबैभन्दा कम देखिएको छ । त्यस नगरपालिकामा १ करोड ८६ लाख ७५ हजार रुपैयाँ बेरुजु देखिएको छ । यस्तै धनगढी उपमहानगरपालिमा १० करोड ५१ लाख ६५ हजार, गोदावरी नगरपालिका ६ करोड ९२ लाख ७४ हजार रकम बेरुजु देखिएको छ ।

यस्तै टीकापुर नगरपालिकामा ६ करोड ६७ लाख १ हजार, भजनी नगरपालिकामा ५ करोड ७२ लाख ८८ हजार, लम्कीचुहाँ नगरपालिकामा ५ करोड ६३ लाख १८ हजार गौरीगङ्गा नगरपालिकामा ४ करोड १९ लाख १२ हजार रकम बेरुजु देखिएको छ । यस्तै मोहन्याल गाउँपालिकामा ४ करोड ८४ लाख १ हजार, चुरे गाउँपालिकामा ३ करोड ५६ लाख ५९ हजार, बर्दगोरीया गाउँपालिकामा २ करोड ५४ लाख ४५ हजार, जानकी गाउँपालिकामा २ करोड ५७ लाख ४ हजार रकम बेरुजु देखिएको छ । यस्तै ३ करोड २० लाख ८३ हजार रकम कैलारी गाउँपालिकाको बेरुजु देखिएको छ ।

Nawadurga
Leave A Reply

Your email address will not be published.