Attariya Hospital Pvt.Ltd.

कैलालीमा आर्थिक वर्ष २०७८/७९ मा ५ अर्ब ३५ करोड बढी बजेट फ्रिज

padma
milan sunchadi

कैलाली – कैलालीमा आर्थिक वर्ष २०७८/७९ मा ५ अर्ब ३५ करोड बढी रुपैयाँ खर्च हुन नसकेर फ्रिज भएको छ । स्थानीय तह, पूर्वाधार विकासका ठूला आयोजना तथा विभिन्न विषयगत कार्यालयका लागि संघीय सरकारबाट प्राप्त भएको कूल बजेट मध्ये ५ अर्ब ३५ करोड ५७ लाख ८२ हजार रुपैयाँ फ्रिज भएको कोष तथा लेखा नियन्त्रण कार्यालय धनगढीले जनाएको छ ।

nawajiwan

गत आर्थिक वर्ष २०७८/७९ मा कैलालीमा चालुतर्फ ३० अर्ब २ करोड ५१ लाख २९ हजार र पुँजीगततर्फ ९ अर्ब ५९ करोड ३४ लाख ८७ हजार रुपैयाँ गरेर कूल ३९ अर्ब ६१ करोड ८६ लाख १६ हजार बजेट विनियोजन गरिएको थियो । कोष तथा लेखा नियन्त्रण कार्यालयको तथ्यांकअनुसार यो मध्ये ३४ अर्ब २६ करोड २८ लाख ३४ हजार खर्च भएपनि ५ अर्ब ३५ करोड ५७ लाख ८२ हजार फ्रिज भएको छ ।

पुँजीगतको तुलनामा तीन गुणा बढी ३० अर्ब २ करोड बजेट चालु खर्च शिर्षकमा रहेको थियो । त्यसमध्ये २८ अर्ब २५ करोड खर्च गरेर ९४ प्रतिशत र पुँजीगततर्फ विनियोजित कुल ९ अर्ब ५९ करोड ३४ लाख ८७ हजार मध्ये ६ अर्ब १२ करोड ७९लाख १९ हजार रुपैयाँ खर्च गर्दै ६२।६७ प्रतिशत प्रगती गरेको कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख कोष नियन्त्रक जगत प्रकाश भट्टले जानकारी दिए । भट्टका अनुसार चालुतर्फ एक अर्ब ७७ करोड ५० लाख रुपैयाँ खर्च हुन नसकेका बेला चालु भन्दा तीन गुणा बढीले कम रहेको पुँजीगततर्फ करीब दोब्बर ३ अर्ब ५८ करोड बजेट फ्रिज गएको छ ।

Nawadurga
Leave A Reply

Your email address will not be published.