
राजनीतिको भुमरीमा ओलानीको सरस्वती मा वि,स्थानीय सरकारले व्यवस्थापन समिति आफु अनुकुल बनाउन खाजेको आरोप


अत्तरिया – कैलालीको गोदावरी नगरपालीका वडा नम्बर ११ मा रहेको सरस्वती मा वि राजनीतिको भुमरीमा परेको छ । स्थानीय सरकार फेरीए संगै जनप्रतिनिधीले विद्यालय व्यवस्थापन समिति आफु अनुकुल बनाउन खाजेको समितिका पदाधीकारीले आरोप लगाएका छन् । सोमबार गोदावरी नगरपालीकाको कार्यालय परिसरमा पत्रकार सम्मेलन गर्दै उनीहरुले नगरपालीकाले मनोमानी गरेको बताएका छन् ।
विद्यालयको व्यवस्थापन समिति गठन भएको करिब ४ महिना पछि नगरपालिकाले समिति कानुन सम्मत नभएको भन्दै पुनः गठन गर्न निर्देशन सहितको निर्णय गरेपछि विवाद सिर्जना भएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेँश बहादुर साँउदले सत्ताको आडमा विद्यालयमा मनोमानी गर्न खोजीएको बताए । पत्रकार सम्मेलनमा बोल्दै साउँदले ४ महिना देखि वैध रहेको समिति स्थानीय तहको सरकार पविर्तन हुने बित्तिकै कसरी अवैध भयो? प्रश्न गरे । सत्तामा आउने बित्तिकै नगरप्रमुख विद्यालयमाथी जाई लागेको उनको भनाई छ । ‘वडा नम्बर ११ का अहिलेका वडा अध्यक्ष प्रेम सिंह बडैलाले उतीबेला म नै पधीयन सदस्य रहन्छु भनेर विद्यालयमा पत्र समेत पठाएको उनले बताएका छन् ।
आफै पधीयन सदस्य रहने भनेर विद्यालयमा पत्र पठाउने अहिले आएर आफै समिति अवैध भन्ने यो चाहीँ कुन कानुन सम्वत हो ?साँउदले प्रश्न गरे । कार्यपालीकाले आफ्नो निर्णय खारेज गरी अहिलेकै समितिलाई निरन्तरता दिनुपर्ने उनीहरुको माग छ । विद्यालयमा १६ बर्ष देखि प्रध्यानाध्यापक रहेका विनोद भट्टराइलाई समितिले कारवाहि गरेकाले उनैलाई पुर्नवहाली गर्न समिति नै परिवर्तन गर्न लागीएको समितिका पुर्व अध्यक्ष शिव वि क ले बताए । उनले विभीन्न लापरवाही गर्दै रकम समेत हिनामिना गरेपछी हामीले ११ बुदे आरोप लगाएर नियम संगत कारवाही गरेका थिएउँ वि क ले भने “उहाँहरुले त्यसै कारण समिति नै खारेज गर्न लाग्नु भएको छ ।”

विद्यालयजस्तो ठाँउमा यसरी राजनीति गर्नु उचित नभएको उनले बताए । अहिलेको निर्णय नगरपालीकाले नसच्याए उत्त निर्णय विरुद्ध आफुहरु अदालत र अखित्यार सम्म जान बाध्य हुने पत्रकार सम्मेलनमा बताईएको छ । पुरानो कार्यसमितिले प्रध्यानाध्यापक भट्टराईलाई हटाएपछि विद्यालयमा विवाद सुरु भएको थियो । नगरपालिकाले साउन ३ गते नयाँ व्यवस्थापन समिति गठन गर्न निर्देशन दिएको भएपनि सो प्रक्रिया भने अझै अगाडी बढेको छैन । विद्यालयको निमित्त प्रधानाध्यापकका रुपमा पनि पुरानो समितिकै निर्णय बमोजिम रामबहादुर पार्की रहेका छन ।
