क्षयरोग निवारणमा चुनौति

Image
maya metro

अत्तरिया – कैलालीमा क्षयरोग निवारण गर्न चुनौति देखीएको छ । आर्थीक वर्ष २०७६÷७७ मा कैलालीमा एक हजार ८३ जना क्षयरोगी भेटीएकोमा ७७÷७८ मा यो संख्या बढेर एक हजार ४३३ पुग्यो । स्वास्थ्य कार्यालय कैलालीले दिएको जानकारी अनुसार चालु आर्थीक वर्षको फाल्गुनसम्म जिल्लामा क्षयरोगका बिरामीको संख्या ७५३ जना छ । यो तथ्यांक उपचारकालागी अस्पताल आएका बिरामीको मात्रै हो । उपचार र चेकजाँच भन्दा बाहिर कति बिरामी छन् भन्ने थाहा छैन । क्षयरोगका २० प्रतिशत बिरामी उपचारलागी भारत जाने अनुमान गरीएको स्वास्थ्य कार्यालय कैलालीका क्षयरोग तथा कुष्ठरोग निरीक्षक देवदत्त जोशी बताँउछन् । अझै त्यो भन्दा पनी बढी बिरामी उपचारकालागी नै आँउदैनन् । क्षयरोगका बिरामी पत्ता लगाई उपचारमा ल्याउनु नै ठुलो चुनौति भएको जोशी बताँउछन् ।

हालको तथ्यांक अनुसार प्रतिलाख २४५ जनामा क्षयरोग देखीने गरेको जोशीले बताए । क्षयरोग निवारण कार्यक्रम प्रभावकारी लागु भएमा क्षयरोगका बिरामी बढ्दै जाने अनुमान स्वास्थ्यकर्मीको छ । कैलालीको गोदावरी नगरपालीका ६ मा रहेको लक्ष्मी नारायण क्षयरोग अस्पतालका निर्देशक डाक्टर विवेक पन्त क्षयरोगका बिरामीको पहिचान गर्नै कठिन हुने गरेको बताँउछन् । क्षयरोगका बिरामीको उपचार निशुल्क हुँदाहुँदै पनी पारिवारीक जिम्मेवारीका कारण कतिपय बिरामीहरु उपचारमा आउन नसक्ने डाक्टर पन्तको भनाई छ । उपचारमा नरहेको १ क्षयरोगको बिरामिले एक वर्षमा औसतमा १० देखि १५ जना स्वस्थ व्यक्तिलाई रोग सार्न सक्दछन भने शहरी क्षेत्रमा क्षेत्रमा २५ जना सम्मलाई सार्न सक्दछ .। क्षयरोगका दुई किसिमका बिरामी हुन्छन– डिएस (सामान्य) र डिआर (गम्भीर) । औषधि खान छुटाउँदा वा औषधिले काम नगरेको अवस्थामा डिएस बिरामी डिआर (औषधि प्रतिरोधी)मा परिणत हुन्छन् ।

nisarga

सामान्य क्षयरोगीले कम्तिमा ६ देखि ९ महिनासम्म औषधी खानुपर्छ भने डिआरहरुले कम्तिमा एक वर्षदेखि १८ महिना वा सो भन्दा पनि बढी । सरकारले डिआर बिरामीलाई ३ हजार पोषण भत्तासहित निःशुल्क बिमाको व्यवस्थासमेत गरेको छ । कतिपय बिरामीहरुको स्वास्थ्य सेवाको पहुँच नहुनु,स्वास्थ्य सेवाको पहुँच भएर पनी उपभोग नगर्नु,स्वास्थ्य सँस्थामा गएर पनी रोगको पहिचान नहुनु,रोगको पहिचान भएपनी राष्ट्रिय सुचना प्रणालीमा प्रतिवेदन नहुनु लगायतका कारणले व्यवस्थापकिय चुनौति थपीएको स्वास्थ्य कार्यालयको भनाई छ । २०७७÷७८ मा २३८ प्रतिलाख जनसंख्यामा नयाँ क्षयरोग हुने दर भएकोमा यो दरलाई आ.व. २०८२÷८३ को अन्त्य सम्ममा १८१ प्रति लाख जनसंख्यामा पु¥याउने र मृत्युदरलाई आ.व. २०७७÷७८ को ५८ प्रति लाख जनसंख्याबाट आ.व. २०८२÷८३ को अन्त्य सम्ममा २३ प्रतिलाख जनसंख्यामा झार्ने सरकारको लक्ष्य छ ।
आ.व. २०९१÷९२ सम्ममा क्षयरोगको अन्त्य र आ.व. २१०६÷०७ सम्ममा क्षयरोग निवारण गर्ने राष्ट्रिय रणनितीक योजना छ । क्षयरोग निवारणकालागी पालीकाहरुले पनी सक्दो प्रयास गर्दै आएकोे गोदावरी नगरपालीकाका स्थास्थ्य शाखा प्रमुख नवराज अवस्थी बताँउछन् । गोदावरी नगरपालीकामा चालु आर्थीक वर्षको हालसम्म ९४ जना क्षयरोगका बिरामी फेला परेका छन् । जस्मा ४ जना बालबालीका र ३ जना एचआइभी संक्रमित बिरामी छन् । क्षयरोग निवारणमा भने चुनौति रहेको अवस्थीले बताए । “लामो समय खोकि लाग्ने लगायतका लक्षण देखीएमा सामान्य रुघाखोकी सम्झेर कतिपयले हेलचक्रयाई गर्छन् अवस्थीले भने पछी त्यहि बल्झेर मृत्युको मुखसम्म पुग्छ ।”पहिचान भएमा समेत बिरामीले पुरा समय औषधी सेवन नगर्ने पनी अर्को समस्या रहेको उनको भनाई छ ।

यस्मा बेरोजगारी पनी मुख्य कारण हो । कतिपय बिरामीहरु पुरा समय औषधी सेवन नगरी रोजगारीकालागी भारत वा अन्य देश जाने गरेका छन् । सरकारले क्षयरोगमुक्त नेपाल अभियानका लागि पञ्चवर्षीय रणनीतिक योजना (०७८÷७९ देखि २०८२÷८३ ) कार्यान्वयनमा ल्याएको छ । यो रणनीति पूरा गर्न भने चूनौतिपूर्ण रहेको छ । सरकारले क्षयरोगमुक्त नेपाल घोषणा अभियान अघि सारेपनि कार्यान्वयनमा चुनौति देखिएको छ । आर्थिक वर्ष २०९१÷९२ सम्ममा क्षयरोगको अन्त्य र आ.व. २१०६÷०७ सम्ममा क्षयरोग निवारण गर्ने योजनासहित क्षयरोग मुक्त नेपाल घोषणा अभियान सञ्चालन निर्देशीका २०७८ जारी गरेपनि बर्सेनि क्षयरोगका बिरामी थपिने क्रम बढेको छ ।