डोटीमा नेपाली सेना सम्बन्धी सचेतना मुलक कार्यक्रम संचालन

Image
maya metro

डोटी – डोटीमा नेपाली सेना सम्बन्धी सचेतना मुलक कार्यक्रम संचालन गरीएको छ । सिलगढी स्थीत भैरव प्रसाद गणले शुक्रबार दिपायल सिलगढी नगरपालिका वडा नं. ५ स्थित भागरति एकेडेमीमा अध्यनरत विद्यार्थीहरुलाई विद्यालय व्यवस्थापन समितिको समुन्वयमा नेपाली सेना सम्बन्धी विभिन्न जानकारी मुलक कार्यक्रम संचालन गरीएको हो । कार्यक्रममा नो योर आर्मी,एम आर इडि कक्षा,विपद् व्यवस्थापनका सामग्री प्रदर्शन, जंगल सर्भाइवल सम्बन्धी डेमोस्ट्रेशन, नेपाली सेनामा प्रयोग हुने पोशाक प्रदर्शन गरीएको छ ।

nisarga

त्यसैगरी विभिन्न किसिमका रोगहरु हैजा, झाडापखाला, डेंगु, ज्वरो आदि बाट बच्ने उपायहरु, गर्मी मौषममा खान हुने÷नहुने खानेकुरा, व्यक्तिगत सरसफाई तथा वातावरणिय सरसफाईको तरिका र महत्व बारे जानकारी दिईएको हो । त्यस्तै गणले विद्यालय हाता भित्र वृक्षारोपण पनी गरेको छ । कक्षा ८, ९ र १० मा अध्यनरत छात्राहरुलाई सेनिटरी प्याड वितरण गरेको छ भने शौचालय सरसफाईको लागी आवश्यक सामग्री, हात धुन साबुन तथा कक्षा १ र २ मा अध्यनरत विद्यार्थीहरुलाई पेन्सिल, कटर र ईरेजर वितरण गरेको छ ।

कार्यक्रममा भैरव प्रसाद गणका गणपति प्रमुख सेनानी जनमत बहादुर कार्की, विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी,शिक्षक विद्यार्थी लगायतको उपस्थिति रहेको थियो ।