
अत्तरिया – डोटीमा ट्याक्टर दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । आज बेलुकी ५ बजेको समयमा दिपायल सिलगढी नगरपालीका वडा नम्बर १ स्थीत समुहगाड स्थीत पक्की पुल नजिकै से२त ३४४१ नम्बरको ट्याक्टर दुर्घटना भएको हो ।
दुर्घटनामा चालक दिपायल सिलगढी नगरपालीका वडा नम्बर ७ उडितोलाका ३२ वर्षीय लाल बहादुर कोली सहचालक सोहि ठाँउका ३५ वर्षीय धन बहादुर नेपाली घाइते भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । नेपालीको पेट,टाउको र खुट्टामा चोट लागेको र उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

नेपालीलाई थप उपचारकालागी नेपालगंज पठाउने तयारी भईरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । ट्याक्टर अनियन्त्रीत भई १२ मिटर तल खसेको प्रहरीले जनाएको छ ।














