डोटीमा सर्पको टोकाइबाट वृद्धाको मृत्यु

Image
maya metro

डोटी – डोटीमा सर्पको टोकाइबाट एक वृद्धाको मृत्यु भएको छ । के.आई.सिंह गाउँपालिका वडा नम्बर ४ मा सर्पको टोकाइबाट ७२ वर्षीया निरन्जनादेवी भट्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक युवराज भण्डारीले बताए ।

भट्टलाई घरको आँगनमा सर्पले टोकेको थियो । सर्पले टोकेपछि भट्टलाई उपचारका लागि दिपायलस्थित शैलेश्वरी अस्पतालमा ल्याइएकोमा उपचारका क्रममा बेलुका करिब ५.३० बजेतिर मृत्यु भएको भण्डारीले जानकारी दिए ।

nisarga