डोटीमा बौलाहा कुकुरको टोकाईबाट ५ जना घाइते

Image
maya metro

डोटी – डोटीमा बौलाहा कुकुरको टोकाईबाट ५ जना घाइते भएका छन् । जिल्लाको शिखर नगरपालिका वडा नम्बर १ कपल्लेखीमा कुकुरले  ५ जनालाई टोकेको हो।

शुक्रवार साँझ २८ वर्षकी मिना महारा, ३९ वर्षीया सीता भुल र १० वर्षीय आदेश विकलाई कुकुर टोकेको हो। बिहान पनि २ जनालाई सोही कुकुरले टोकेको थियो।

nisarga

कुकुरले टोकेका उनीहरूको जिल्ला अस्पताल डोटीमा उपचारपछि घर पठाइएको छ।

कुकुर नियन्त्रणमा नआएको वडा अध्यक्ष दीपक बोगटीले बताए। कुकुर नियन्त्रणमा नआएको हुनाले जुनसुकै बेला अरूलाई पनि टोक्नसक्ने भएकाले वडाभरि माइकिङ गरिएको अध्यक्ष बोगटीले बताए।

कुकुर नियन्त्रणका लागि डिभिजन वन कार्यालय डोटी तथा प्रहरी लगायतका निकायसँग समन्वय भएको बताइएको छ।