यस्तो छ बिहानको खाजा, दिउँसो र बेलुकाको खाना खाने सही समय

Image
maya metro

बदलिँदो जीवनशैलीका कारण हरेक मानिसको खाने समयतालिका पनि फरक–फरक हुन्छ। बढ्दो व्यस्तता र लापरवाहीका कारण खाजा र खाना खाने समय असन्तुलित हुने गरेको छ। व्यस्तताको बहानामा हामी दिनहुँ आफ्नो स्वास्थ्यसँग खेलवाड गरिरहेका छौँ।

बिहानको खाजा, दिउँसो र बेलुकाको खाना सही समयमा नखानुका बेफाइदा वा ब्रेकफास्ट तथा लञ्च डिनर खाने सही समय कुन हो जानी राखौँ।

nisarga

ब्रेकफास्टको समय

बिहान उठेको ३ घण्टाभित्र ब्रेकफास्ट खानुपर्छ। यसको मतलब बिहान ७ देखि ९ बजेसम्म ब्रेकफास्ट लिनुपर्छ। यसपछि हामीले केही खायौँ भने त्यसको ‘साइड इफेक्ट’ शरीरमा देख्न सकिन्छ। ब्रेकफास्टमा दूध, रोटी, हरियो सागसब्जी, ओट्स, अण्डा र फाइबरयुक्त प्रोटिनयुक्त खानेकुरा मात्रै खाने गर्नुपर्छ।

खाना खाने सही समय
शरीरलाई रोगबाट टाढा राख्न दिउँसोको खाना पनि सही समयमा खानुपर्छ। खाजाको समय निश्चित हुनुपर्छ। याद गर्नुहोस्, दिउँसोको खाना बिहानको खाजा खाएको ५ घण्टापछि मात्र गर्नुपर्छ। अन्यथा शरीरलाई धेरै किसिमले हानि हुन सक्छ।

रातिको खाना कतिवेला?
राति ढिलो खाना खानु खतरनाक हुन सक्छ। यसले पाचन प्रणालीमा नकारात्मक प्रभाव पार्छ। धेरै रोगले पनि शरीरलाई घेर्न सक्छ। त्यसैले साँझ ७ देखि बेलुकी ९ बजेसम्ममा खाना खाइसक्नु पर्छ।

सही समयमा खाना नखानुको बेफाइदा

यदि हाम्रो ब्रेकफास्ट, लञ्च र डिनरको समय सही छैन भने विभिन्न समस्याको सामना गर्नुपर्छ। खानपानमा समयको विचार नपुर्‍याउँदा आजभोलि धेरै युवायुवती मोटोपनको शिकार हुन पुगेका छन्। समयमै खाना नखाँदा धेरै रोग पनि बढेका छन्।

साभार गरीएको