
डोटी – डोटीमा अटो दुर्घटना भएको छ । आइतवार राति बडिकेदार नगरपालिका–१ रुमाइल भन्ने ठाउँमा सुपप्र ०१००१ ह ५४०६ नम्बरको अटो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ ।
दुर्घटनामा परि जिल्लाको बडिकेदार गाउँपालिका–३ विछराकी अन्दाजी ५५ वर्षीय कस्तुरी देवी जेठाराको मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।














