कञ्चनपुर – कञ्चनपुरमा एक किशोरी मृत अवस्थामा फेला परेकी छन् ।
भीमदत्त नगरपालिकाकाे भगतपुर बनदेबी टोल बस्ने दोधारा चाँदनी नगरपालिका- ८ धामी टोलकी हेमा खड्का मृत भेटिएको प्रहरीले जनाएको छ ।
उनी आफू बस्ने कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।
शव फेला पर्नुभन्दा केही घण्टाअघि उनले समाजिक संजाल फेसबुकमा एक युवकसँगको तस्बिर राख्दै ‘रोकेर बस्नु है म पनि आउँछु’ लेखेकी थिइन् । घटना शंकास्पद भएको भन्दै प्रहरीले अनुसन्धान गरिरहेको छ ।