धनगढीमा लागुऔषधसहित एक किशोर पक्राउ

Image
maya metro

धनगढी – धनगढीमा लागुऔषधसहित एक किशोर पक्राउ परेका छन्।

जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर २ बैयाबेहडीको शिव मन्दिर नजिकबाट २९० मिलिग्राम लागुऔषधसहित १७ वर्षीय किशोर पक्राउ परेका हुन्।

nisarga

धनगढी उपमहानगरपालिका वडा नम्बर २ का उनलाई सोमवार रातिको समयमा प्रहरी चौकी त्रिनगरकाट खटिएको टोलीले लागुऔषधसहित उनलाई पक्राउ गरेको हो।