काठमाडौं – औषधि व्यवस्था विभागले विभिन्न १० प्रकारका औषधि उत्पादनमा रोक लगाएको छ ।
औषधि मुल्याकन समितिबाट प्राप्त रायअनुसार ती औषधिलाई उत्पादनमा रोक लगाइएको विभागले जनाएको छ ।
विभागले एक सुचना जारी गर्दे लिनाग्लिप्टिन २.५ एमजी, लिनाग्लिप्टिन १० एमजी, रिभारोक्स्बान ५ एमजी, एसिक्लोफेनाक २०० एमजी, एसिक्लोफेनाक ३०० एमजी उत्पादनमा रोक लगाइएको छ ।
यस्तै, लिनाग्लिप्टिन २.५ एमजी मेटफर्मिन ५०० एमजी र लिनाग्लिप्टिन २.५ एमजी मेटफर्मिन ८५० एमजी तथा लिनाग्लिप्टिन ५ एमजी मेटफर्मिन ५०० एमजी र लिनाग्लिप्टिन ५ एमजी मेटफर्मिन ८५० एमजी हाललाई उत्पादनमा रोक लगाइएको हो ।
अनुगनम, मूल्याकन तथा कानुन कार्यावन्यन महाशाखाका प्रमुख पान बहादुर क्षेत्रीका अनुसार यी औषधिहरु नेपाली कम्पनीबाट उत्पादित औषधिहरु हुन् ।
उनका अनुसार पहिले अनुमति दिइएको थियो, तर प्राविधिक मुल्यांकनका आधारमा तत्कालका लागि उत्पादनमा रोक लगाइएको हो ।
अहिले रोक लगाएको औषधि अन्तराष्ट्रिय बजारमा यही मात्रामा दर्ता भएको छैन । यी औषधि मानिसलाई सुरक्षित, प्रभावकारी नभएको र शरीरमा सहन गर्ने क्षमता कम भएको भएको कारण रोक लगाइएको बताईएको छ ।
विभागले औषधि सल्लाहाकार समितिको बैठकबाट यसबारे थप निर्णय हुने जनाएको छ ।
यस्तै, औषधि सल्लाहकार समितिबाट सिफारिस प्राप्त नहुँदा सम्मको लागि नयाँ उत्पादन नगर्न र बजारमा बिक्रि वितरण भइरहेको ब्राण्ड समेत थप उत्पादन नगर्न विभागले निर्देशन दिएको छ ।