भारत लैजाँदै गरेका २५ बालबालिकाको उद्धार

Image
maya metro

कञ्चनपुर – तिब्बती भाषा अध्ययनका लागि कञ्चनपुरको गड्डाचौकी नाका भएर भारतको देहरादुन लैजाँदै गरिएका २५ जना बालबालिकाको सीमा क्षेत्रबाट उद्धार गरिएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले १० वर्षमुनिका २५ बालबालिकालाई भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले नेपाल फर्काएको जानकारी दिए।

nisarga

“हुम्लाको सिमकोटका बालबालिकालाई वनबासास्थित एसएसबीको चेकपोस्टले नेपाल फर्काएको छ”, उनले भने, “ती बालबालिका अहिले इलाका प्रहरी कार्यालय गड्डाचौकीमा छन् थप बुझ्ने काम भइरहेको छ।”

हुम्लाको सिमकोट गाउँपालिका–८ का बालबालिकालाई पञ्चविर बुढाले भारत लैजाँदै गरेका थिए। कञ्चनपुर प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

रासस