मालाखेतीमा भएको स्थाई बन्ध्याकरण शिविरमा ३४ जनाले लिए सेवा

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ३ स्थीत मालाखेती अस्पतालमा सञ्चालन भएको स्थाई बन्ध्याकरण शिविरमा ३४ जनाले सेवा लिएका छन् ।

शिविरमा ३० जना महिला र ४ जना पुरुष गरी ३४ जनाले सेवा लिएको जनाईएको छ ।

आज स्वास्थ्य कार्यालय कैलाली,नेपाल परिवार नियोजन संघ र गोदावरी नगरपालिकाको संयुत्त समन्वयमा शिविर सञ्चालन भएको हो ।