सुदूरपश्चिममा २ जनामा कोराना संक्रमण पुष्टि

Image
maya metro

धनगढी – सुदूरपश्चिममा फेरि कोरानाको संक्रमण देखिएको छ। आज (बुधबार) र हिजो (मंगलबार) एकएक जनामा संक्रमण पुष्टि भएको हो।

जिल्ला स्वास्थ्य कार्यालय कैलालीका अनुसार गौरीफण्टा नाकामा एन्टिजेन परीक्षण गर्दा उनीहरूमा संक्रमण देखिएको हो।

nisarga

स्वास्थ्य कार्यालयका एक अधिकारी मीन धामीले आज चेन्नईबाट फर्किएका धनगढी उपमहानगरपालिका-११ का २४ वर्षीय युवक र पुनर्वास नगरपालिका-५ की ३२ वर्षीया महिलामा हिजो संक्रमण देखिएको बताए। ती महिला भारतको बैङ्लोरबाट हिजो फर्किएकी थिइन्।

अहिले उनीहरू दुबैजना होम आइसोलेशनमा रहेको र अवस्था सामान्य रहेको बताइएको छ।