सुदूरपश्चिममा २ जनामा कोराना संक्रमण पुष्टि

Image

धनगढी – सुदूरपश्चिममा फेरि कोरानाको संक्रमण देखिएको छ। आज (बुधबार) र हिजो (मंगलबार) एकएक जनामा संक्रमण पुष्टि भएको हो।

जिल्ला स्वास्थ्य कार्यालय कैलालीका अनुसार गौरीफण्टा नाकामा एन्टिजेन परीक्षण गर्दा उनीहरूमा संक्रमण देखिएको हो।

2 ad new year 1

स्वास्थ्य कार्यालयका एक अधिकारी मीन धामीले आज चेन्नईबाट फर्किएका धनगढी उपमहानगरपालिका-११ का २४ वर्षीय युवक र पुनर्वास नगरपालिका-५ की ३२ वर्षीया महिलामा हिजो संक्रमण देखिएको बताए। ती महिला भारतको बैङ्लोरबाट हिजो फर्किएकी थिइन्।

अहिले उनीहरू दुबैजना होम आइसोलेशनमा रहेको र अवस्था सामान्य रहेको बताइएको छ।