कृष्णपुरमा निःशुल्क आँखा शिविर सम्पन्न

Image
maya metro

कञ्चनपुर – कञ्चनपुरको कृष्णपुर नगरपालिकाको आयोजना र धनगढी नेत्रालयको प्राविधिक सहयोगमा संचालन भएको निशुल्क आँखा शिविर मंगलवार सम्पन्न भएको छ।

पौष १ गते कृष्णप’रको–१ नम्बर वडा कुमगडाबाट सुरु भएको आँखा शिविर पौष १७ गते सोहि नगरपालिकाको–९ नम्बर वडामा रहेको आधारभुत स्वास्थ्य केन्द्र राजघाटमा सम्पन्न भएको हो। आँखा शिविरमा एक हजार पाँच सय ३९ जनालाई चश्मा प्रदान गरिएको छ भने ६ सय १३ जनालाई सल्यक्रियाका लागि धनगढी नेत्रालयमा सिफारिस गरिएको छ।

nisarga

सल्यक्रियाका लागि सिफारिस गरिएका ६ सय १३ जनाको धनगढी नेत्रालयले निशुल्क सल्यक्रिया गर्ने कृष्णपुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख रतन सिंह बिस्टले बताए। कृष्णपुर नगरपालिकाका नगरप्रमुख हेमराज ओझाले नगरबासीले उत्साहका साथ निशुल्क आँखा शिविरमा भाग लिएको भन्दै खुशी व्यक्त गरे। उनले पछिल्लो समय नसर्ने रोगका कारण धेरैले अकालमै मृत्यु वर्ण गरिरहनु परेको भन्दै नसर्ने रोगहरु पहिचान होस् भन्नका लागि नगरपालिकाको स्वास्थ्य विशेषज्ञ टिम नागरिकका घर घरमा पुगिरहेको बताए।

उनले आफू नागरिकको स्वास्थ्यप्रती चिन्तित रहेको भन्दै अघिल्लो वर्षको नागरिकसँग मेयर कार्यक्रमलाई निरन्तरता दिदै यसपटक विशेष गरि महिला लक्षित शिविर आङ खस्ने,पाठेघर सम्बन्धि समस्या,तल्लो पेट दुख्ने समस्यालाई मध्यनजर गर्दै छिट्टै निशुल्क शिविर संचालनमा ल्याइने बताए। आँखा शिविरमा नगरपालिकाले निशुल्क नजिकको चश्मा र औषधिको व्यवस्था गरेको थियो भने धनगढी नेत्रालयले प्राविधिक सहयोग गरेको हो।