Attariya Hospital Pvt.Ltd.

बयलपाटा अस्पताल सङ्कटमा

padma
milan sunchadi

कैलाली – सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला अछामको बयलपाटामा रहेको न्याय हेल्थ अस्पताल आर्थिक सङ्कटमा परेको छ । अछाम, बाजुरा, डोटी र कालीकोटलगायतका नागरिकलाई निःशुल्क रूपमा प्रभावकारी उपचार सेवा प्रदान गर्दै आएको सो अस्पतालको बजेट नै घटेर आएपछि आर्थिक सङ्कट उत्पन्न भएको हो ।

सङ्घीय सरकार र प्रदेश सरकारले विशेषज्ञ सेवासहितको नमुना उपचार सेवा प्रदान गर्दै आएको अस्पतालको बजेट कटौती गरेपछि पछिल्लो समय दाता सहयोगी संस्थासमेत अलमलमा परेका छन् ।

बजेटको अभावमा चिकित्सक तथा स्वास्थ्यकर्मी कटौतीसँगै उपचार सेवा प्रभावित हुँदै आएको छ । जनस्तरमा निकै भरपर्दो मानिएको यस अस्पतालको नियमित सेवा प्रभावित हुन नदिने गरी स्थानीय जनप्रतिनिधिले विभिन्न पहल गरे पनि सार्थक हुन सकेको छैन ।

Siddi ganesh

गत वर्ष स्थानीय तह र सुदूरपश्चिम प्रदेश सरकारले वित्तीय सहयोग गरे पनि यस पटक प्रदेश सरकार र सङ्घीय सरकारबाट पर्याप्त सहयोग नहुँदा सेवाग्राही मर्कामा परेका छन् । अस्पतालमा देखिएको आर्थिक सङ्कटसँगै चिकित्सक र कर्मचारी तथा व्यवस्थापन पक्षबिच पनि समस्या देखिएको छ ।

Nawadurga
Leave A Reply

Your email address will not be published.