Attariya Hospital Pvt.Ltd.

हाटखोली शहरी स्वास्थ्य क्लिनिकमा सुरक्षित प्रसुति तथा गर्भपतन सेवा सुचारु

padma
milan sunchadi

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ को हाटखोली शहरी स्वास्थ्य क्लिनिकमा सुरक्षित प्रसुति तथा सुरक्षित गर्भपतन सेवा पनि सुचारु भएको छ ।

सेवाको आज एक कार्यक्रमकाबिच गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्टले  उद्घाटन गरेका छन् ।

उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख भट्टले सुगम पालिकाको दुर्गम क्षेत्रमा सुविधा प्रदान गर्ने गरी बार्थिङ सेन्टर सञ्चालनमा ल्याउन सकिएको भन्दै खुसी व्यक्त गरे ।

Siddi ganesh

त्यस्तै कार्यक्रममा बोल्दै नगर उप प्रमुख शारदा देवि रोकायाले गाउँमै  सुरक्षित प्रसुति तथा सुरक्षित गर्भपतन सेवा संचालनमा आएपछि घरमा सुत्केरी हुनेको सङ्ख्या घट्ने विश्वास व्यक्त गरिन ।

satyawati

कार्यक्रमममा नगर प्रमुख,उप प्रमुख, प्रमुख प्रशासकिय अधिकृत हरिदत्त भट्ट, वडा नं ४ का वडा अध्यक्ष हेम प्रकाश मल्ल, स्वस्थ्य शाखा प्रमुख नवराज अवस्थी लगायतको उपस्थिति रहेको थियो ।

Nawadurga
aisworya
Leave A Reply

Your email address will not be published.