Attariya Hospital Pvt.Ltd.

धनगढीका पाँचवटा विद्यालयलाई नमुना विद्यालय बनाइने

padma
milan sunchadi

धनगढी – कैलालीको धनगढी उपमहानगरभित्र सञ्चालित पाँचवटा विद्यालयलाई नमुना विद्यालयको रुपमा विकास गर्न सम्झौता गरिएको छ।

विद्यालय निर्माण र गुणस्तर शिक्षा सुधार गर्न आज (बुधबार) टिच फर नेपाल र धनगढी उपमहानगरपालिकाबिच सम्झौता भएको हो।

उपमहानगरभित्र सञ्चालित पाँचवटा विद्यालयलाई नमुना विद्यालयको रुपमा विकास गर्न टिच फर नेपालकी प्रमुख कार्यकारी अधिकृत (सिइओ) स्वस्तिका श्रेष्ठ र धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमालबिच सम्झौता भएको हो।

Siddi ganesh

धनगढी उपमहानगरपालिका भित्रका ठेकराज माबी वडा नम्बर ११, सिद्धनाथ माबी-१२, चन्द्रोदय माबी-१८, बेहडाबाबा माबी-१६ र भवानी माबी वडा नम्बर ९ मा उक्त कार्यक्रम लागू गरिने छ।

Nawadurga
Leave A Reply

Your email address will not be published.