रोकियो सुदूरपश्चिम र मध्यपश्चिम विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया

Image
maya metro

 सुदूरपश्चिम र मध्यपश्चिम विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया रोकिएको छ।

उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिको आइतबारको बैठकले नियुक्ति प्रक्रिया स्थगित गर्ने निर्णय गरेको हो।

nisarga

समितिले सोमबार सार्वजनिक सूचना जारी गर्दै हाललाई दरखास्त आह्वानसम्बन्धी सम्पूर्ण प्रक्रिया स्थगन गरिएको जनाएको छ। गत माघ २६ गते सार्वजकि सूचना जारी गर्दै समितिले १० दिनको समय दिएर उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान गरेको थियो। १० दिनको समय सकिएर नियुक्ति प्रक्रिया अघि बढाउनुपर्नेमा स्थगित गर्नुको कारण भने खुलाइएको छैन।

त्रिभुवन विश्वविद्यालयको उपकुलको नियुक्ति प्रक्रिया भने अन्तिम चरणमा पुगेको छ। उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित समितिले सोमबार प्राध्यापक चित्रबहादुर बुढाथोकी, केशरजंग बराल र टंकनाथ धमलाको नाम सिफारिस गरेको हो।

तीनजनामध्ये एकजनालाई विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्रीले उपकुलपति नियुक्त गर्ने छन्।