आइतबारदेखि ७५ जिल्लामा दादुरा-रुबेला खोप अभियान

Image

काठमाडौं – दादुरा-रुबेलाको सङ्क्रमणको जोखिमलाई दृष्टिगत सरकारले यही फागुन १३ देखि चैत ७ गतेसम्म ७५ जिल्लामा खोप अभियान सञ्चालन गर्ने भएको छ। जाजरकोट र पश्चिम रुकुममा भने यो अभियान सञ्चालन हुने छैन।

भारतसँग सीमा जोडिएका दादुरा-रुबेलाको अतिसङ्क्रमित २१ जिल्ला तथा काठमाडौं उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर गरी २४ जिल्लामा नौ महिनादेखि १५ वर्षमुनिका र ५१ जिल्लामा ९ महिनादेखि पाँच वर्षमुनिका बालबालिकालाई खोप लगाइनेछ।

काठमाडौँ दादुरा-रुबेलाको अतिसङ्क्रमित जिल्ला हो । यो नौ महिनादेखि १५ वर्षमुनिका सबै बालबालिकालाई खोप लगाइनेछ। गत वर्ष काठमाडौं जिल्लामा दादुरा-रुबेला फैलिँदा २२५ जना सङ्क्रमित भएका थिए। एकजनाको मृत्यु भएको थियो । गत वर्ष १९ जिल्लामा यो महामारीका रूपमा फैलिएको थियो ।