कञ्चनपुरमा ५१ थान लागुऔषध यम्पुलसहित एक युवक पक्राउ

Image
maya metro

कञ्चनपुर – कञ्चनपुरमा ५१ थान लागुऔषध यम्पुलसहित प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

शनिवार जिल्लाको वेदकोट नगरपालिका बस्ने ३१ वर्षीय विजयराज पन्तलाई प्रतिबन्धित लागुऔषध यम्पुलसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

nisarga

नेपाल प्रहरी प्रदेश कार्यालय कञ्चनपुर र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय कञ्चनपुरको संयुक्त टोलीले पन्तलाई वेदकोट नगरपालिकाको घोर्सुवाबाट पक्राउ गरेको जनाएको छ।

विषेश सूचनाका आधारमा पक्राउ गरिएका पन्तलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।