Attariya Hospital Pvt.Ltd.

आठ महिनामा मिर्गौलाका एक सय ५६ जना बिरामी थपिए

padma
milan sunchadi

अत्तरिया – सुदूरपश्चिममा पछील्लो आठ महिनामा मिर्गौलाका १ सय ५६ जना बिरामी थपिएका छन् ।

स्वास्थ्य निर्देशनालय राजपुरका अनुसार गत साउनदेखी फाल्गुनसम्ममा सुदूरपश्चिमका नौ ओटा जिल्लामा एक सय ५६ जना बिरामी थपिएका हुन् ।

कैलालीमा सबैभन्दा बढी एक सय ३७ जना बिरामी थपीएको निर्देशनालयको तथ्यांक रहेको छ । त्यसैगरी अछाममा पछील्लो आठ महिनामा १० जना मिर्गौलाका बिरामी थपीएका छन् भने बैतडीमा ६ जना,बझाङमा २ जना र कञ्चनपुरमा १ जना बिरामी थपीएको तथ्यांक प्रहरीसंग छ ।

Siddi ganesh
sudur last

त्यस्तै दुई सय २ जना बिरामी नियमित चेकजाँचकालागि आउने गरेका छन् । सुदूरपश्चिमका तीन ओटा अस्पतालबाट मिर्गौलाका बिरामीले सेवा लिईरहेका छन् ।

कैलालीमा रहेको सेती प्रादेशिक अस्पताल,नवजिवन अस्पताल र कञ्चनपुरको महाकाली अस्पतालबाट डायलासिसको निशुल्क सेवा उपलब्ध रहेको निर्देशनालयका जनस्वास्थ्य निरीक्षक मिनराज जोशीले बताए ।

मिर्गौला बिग्रिनुभन्दा पहिला रक्तचाप, मधुमेह, पत्थरी लगायतका रोगको नै उपचार गरेमा मिर्गौला खराब हुनबाट जोगाउन सकिने चिकित्सक बताउँछन् । विश्वमा प्रत्येक १० जनामध्ये १ जनालाई मिर्गौला रोग लाग्ने तथ्याङ्क छ ।

मिर्गौला रोग लाग्नबाट जोगीन बानी व्यवहार परिवर्तन लगायतका विषयमा निर्देशनालय,स्वास्थ्य कार्यालय लगायतले पनि सूचना फैलाउने खालका कार्यक्रमहरु गर्दै आएको निर्देशनालयको भनाई छ ।

Nawadurga
Leave A Reply

Your email address will not be published.