धनगढीका नगर प्रमुख हमालकी छोरी सम्पर्कमा आइन

Image
maya metro

धनगढी – भारतको गोवाबाट सम्पर्क विहीन भएकी धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालकी छोरी सम्पर्कमा आएकी छन्। सोमवारदेखि सम्पर्क विहीन भएकी आरती हमाल सम्पर्कमा आएकी हुन्।

उनी भारतको गोवामा एक विदेशी किशोरीसँग रहेको भेटिएको हो। अमेरिकामा बस्ने नेपालीले उनीहरूको तस्विरसहितको पोष्ट देखेपछि परिवारमा सम्पर्क गरेका हुन्। आरतीकी आमा शारदाका अनुसार उनीहरु भारतको गोवामा छन्।

nisarga

नगर प्रमुख हमालकी जेठी छोरी आरती सोमवारदेखि सम्पर्क विहीन भएकी थिइन। उनी ओशो साधक हुन।ओशो ध्यान गर्न उनी केही महिनादेखि गोवामा बस्दै आएकी थिइन्।