यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धी सरोकारवाला संग छलफल

Image

अत्तरिया – यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धी सरोकारवालासंग छलफल गरिएको छ । आज कैलालीको अत्तरियामा यार्ड नेपालले बृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धी सरोकारवालासंग छलफल गरेको हो ।

यार्ड नेपालले कैलालीको धनगढी उप महनगरपालिका, गोदावरी नगरपालिका तथा कञ्चनपुरको कृष्णपुर नगरपालिकालाई कार्यक्षेत्र बनाएर यौन तथा प्रजनन्का विषयमा विभिन्न कार्यक्रम गर्दै आईरहेको छ ।

अत्तीरयामा आज आयोजित कार्यक्रममा गोदावरी नगरपालिका वडा नम्बर २ र ८ का जनप्रतिनिधी,विभिन्न विद्यालयका प्रधानाध्यापक,यार्डका युथ प्रतिनिधी लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा आफ्नो प्रस्तुती राख्दै यार्डका प्रमुख महेन्द्र शाहिले किशोरकिशोरीलाई यौन तथा प्रजनन् स्वास्थ्यका विषयमा जानकारी दिन आवश्यक रहेको बताए ।

शाहिले यौन तथा प्रजनन् स्वास्थ्य जीवनको महत्वपुर्ण पाटो भएकोले सो विषयमा किशोरावस्थादेखी नै जानकारी दिदाँ विभीन्न दुर्घटनाहरुबाट पनि बचाउन सकिने बताए । कार्यक्रममा आफ्नो भनाई राख्दै वडा नम्बर ८ का वडा अध्यक्ष गोविन्द चौधरीले यौन तथा प्रजनन् स्वास्थ्य महत्वपुर्ण विषय भएकोले विभीन्न समयमा किशोर किशोरी लक्षीत कार्यक्रम सञ्चालन गर्न स्थानीय सरकार पनि सचेत हुनुपर्ने बताए ।

यार्डले उठान गरेको विषयवस्तु महत्वपुर्ण भएको भन्दै उनले आफुले वडा स्तरबाट गर्न सकिने कार्यका लागि तयार रहेको बताए । वडामा हुने बजेटले धेरै कार्यक्रम गर्न नसकिने भन्दै उनले स्वास्थ्य नै सबैभन्दा महत्वपुर्ण विषय भएको र नगरबाटै स्वास्थ्यमा लगानि बढाउनु पर्ने बताए । यार्डले शिक्षा तथा स्वास्थ्यका क्षेत्रमा काम गर्दै आईरहेको छ ।