किटजन्य रोग नियन्त्रणकालागि विषादी छर्किदै गोदावरी नगरपालिका, गर्भवतीलाई किटनाशक झुल वितरण

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाले गर्मीयाममा फैलिन सक्ने किटजन्य रोग नियन्त्रणकालागि विषादी छर्किएको छ ।

विगतमा औलो तथा डेंगु बढी देखीएका वडा नम्बर ३ का टोलहरुमा चैत्र १३ गतेदेखी विषादी छर्किने अभियान सुरु गरेको नगरपालिकाले आज सम्पन्न गरेको हो । उत्त अभियानबाट ८ सय ३० घरधुरी लाभान्वित भएको बताईएको छ ।

nisarga

यसैगरी किटजन्य रोगहरुबाट जोगीन नगरपालिकाले गर्भवतीहरुलाई किटनाशक झुल वितरण गर्ने भएको छ । वडा नम्बर ३,७,१० र ११ का ८ सय गर्भवतीलाई स्वास्थ्य सँस्थामार्फत किटनाशक झुल वितरण गरिने गोदावरी नगरपालिका स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थीले बताएका छन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा काठमाडौँले उपलब्ध गराएको किटनाशक झुल सम्बन्धीत वडाका स्वास्थ्य सँस्थालाई बुझाईसकिएको अवस्थीले बताएका छन् ।

औलो,डेंगु लगायतका किटजन्य रोगबाट बच्न झुलको प्रयोग गर्न,पुरा बाउला भएको लुगा लगाउन,खाल्डाखुल्डी तथा टायरहरुमा पानी जम्न नदिन,कुलरको पानी दुईदुई दिनमा परिवर्तन गर्न तथा वरीपरी सरसफाई राख्ने लगातयका जनस्वास्थ्यका मापदण्ड पूरा गर्न नगरपालिकाले आग्रह गरेको छ ।