हेमा श्री फाउन्डेसनद्धारा दाँत तथा कान शिविर आयोजना

Image

अत्तरिया – कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ६ मा रहेको हेमा श्री फाउन्डेसनले दाँत तथा कान शिविर आयोजना गरेको छ ।

फाउन्डेसनले आईतबार सुदूरपश्चिम् डेन्टल अस्पताल अत्तरिया र इम्प्याक्ट नेपालको प्राविधिक सहयोग तथा ६ नम्बर वडा कार्यालयको समन्वयमा १ दिने कान तथा दाँतको निःशुल्क चेकजाँच शिविर सम्पन्न गरेको हो ।

शिविरमा कानको १०३ तथा दाँतको १२० जना गरि निःशुल्क जाँच शिविरमा ३१६ जनाले उपचार पाए । शिविरमा दाँतको जाँच गराएका बिरामीको उपचारमा २५ प्रतिशत सहुलियतमा उपचार पाउने डेन्टलका डाक्टर रोशन भट्टले बताए।

हेमा श्री फाउन्डेसन सामाजिक क्षेत्रमा क्रियाशिल तथा बालबालिका,जेष्ठ नागरिक र अशक्त नागरिकहरुको लागि पैरबी गर्ने सामाजिक संस्था हो ।