ज्येष्ठ नागरिकका लागि आयोजित निःशुल्क स्वास्थ्य शिविरमा ३०२ जनाले लिए सेवा

Image
oplus_0
maya metro

अत्तरिया – गोदावरी नगरपालिकाले जेष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। अत्तरियाको पद्मा अस्पताल प्रा.लि.को प्राविधिक सहयोगमा सोमबार र मंङ्गलबार २ दिन जेष्ठ नागरिकका लागि गोदावरी नगरपालिका वडा नं १२ को कोल्मुडा र गोदाडामा स्वास्थ्य शिविरको आयोजना गरिएको थियो । शिविरमा ३०२ जना जेष्ठ नागरिकले सेवा लिएका छन ।

गोदावरी नगरपालिका वडा न. १२ को आर्थिक सहयोगमा संचालित स्वास्थ्य शिविरमा पद्मा अस्पतालका बिशेषज्ञ डाक्टरहरु फिजिशियन, अर्थो, महिला रोग बिशेषज्ञ, आँखा रोग बिशेषज्ञ, मेडिकल रोग बिशेषज्ञ लगायतको टोलीद्वारा चेकजाँच तथा उपचार गरिएको हो ।

nisarga

यस्तै स्वास्थ्य शिविरमा आँखाको चेकजाँच र उपचारका क्रममा ३७ जना जेष्ठ नागरिकलाई मोतियाबिन्दु देखिएकोले उहाँहरुलाई थप उपचारका लागि धनगढीमा रहेको धनगढी नेत्रालयमा निःशुल्क अपरेसन समेत व्यवस्था गरेको वडा न. १२ का वडा अध्यक्ष भिम बहादुर खड्काले बताएका छन ।