Attariya Hospital Pvt.Ltd.

एम्बुलेन्स चालकले लापरबाही गर्ने गरेको गोदावरीका जनप्रतिनिधीको गुनासो

padma
milan sunchadi

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाको एम्बुलेन्सका चालकले लापरबाही गर्ने गरेको गुनासो गरिएको छ । एम्बुलेन्स चालकले लापरबाही गर्ने गरेको गोदावरी नगरपालिकाका जनप्रतिनिधीले गुनासो गरेका हुन् । अत्तरियामा बुधबार आयोजीत एक कार्यक्रममा वडा नम्बर ७ की अध्यक्ष कलावती साउँदले एम्बुलेन्स चालकले भनेको समयमा सेवा उपलब्ध नगराएको बताईन् ।

केहि महिना अघि सुत्केरी व्यथा लागेकी विपन्न महिलाका लागि आफुले एम्बुलेन्स चालकलाई पटक पटक फोन गर्दा नउठाएको उनले बताईन् । “मैले धेरै पटक फोन गरे चालकले फोन उठाउनु भएन उनले भनिन्,त्यसपछी प्रवत्तालाई फोन गरेर उहाँ मार्फत भन्न लगाए,त्यसपछी झण्डै डेढ÷दुई घण्टापछी मात्रै एम्बुलेन्स आयो ।”

त्यस्तै वडा नम्बर ११ का वडा अध्यक्ष प्रेमसिंह बडैलाले पनि एम्बुलेन्स चालकको लापरबाही थुप्रै घटनामा देखिएको बताए । मन लागेको समयमा मात्रै फोन उठाउने र काममा ढिलासुस्ती गर्ने बानी चालकको रहेको उनले बताए । वडा नम्बर १० मा वडा अध्यक्ष रविन्द्र शाही (गुड्डु)ले केहि दिन अघि सडक दुर्घटनामा परेका व्यत्तिलाई अस्पतालसम्म पुर्याउन भनेर फोन गर्दा चालकले खाना खाँदैछु भनेर टारेको बताए ।

Siddi ganesh

“दुईटै लाई फोन गरे,एउटाले खाना खाँदैछु भन्यो,अर्कोले ४५ मिनेटपछी मात्रै फोन फिर्ता गर्यो,त्यतिन्जेल म आफैले अस्पताल पुर्याईसकेको थिए शाहीले भने ।” रातीको समयमा चालक घरमा र एम्बुलेन्स अस्पतालमा हुने भएकोले पनि अझै समस्या भएको उनले बताए ।

चालकको घरमै एम्बुलेन्स राख्ने गर्दा समय व्यवस्थापनमा सहज हुने भन्दै उनले एम्बुलेन्स चलाउने मान्छेभन्दा पनि चालकका नाममा कार्यकर्ता भर्ना गर्दा अझै बढी समस्या सिर्जना भएको उनले आरोप लगाए । गोदावरी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जनस्वास्थ्य अधिकृत नवराज अवस्थीले उत्त समस्या समाधानका लागि पहल गर्ने बताए । गोदावरीमा हाल दुईओटा एम्बुलेन्स सञ्चालनमा छन् ।

Nawadurga
Leave A Reply

Your email address will not be published.