
अत्तरिया – आयुर्वेद सेवा सम्बन्धी सञ्चारकर्मीसंग अन्र्तक्रिया गरिएको छ । प्रादेशिक आयुर्वेद चिकित्सकालय राजपुरले आज एक कार्यक्रमको आयोजना गर्दै कैलालीका सञ्चारकर्मीसंग आयुर्वेद सेवा सम्बन्धी अन्र्तक्रिया गरेको हो ।
ओपिडि सेवा,वरिष्ठ बालरोग चिकित्सक,आयुर्वेद चिकित्सक र होमिप्याथीक चिकित्सकद्धारा चिकित्सा सेवा प्रदान गरिँदै आएको चिकित्सकालयले जनाएको छ । त्यसैगरी प्याथोलोजी सेवा पनि उपलब्ध रहेको जनाईएको छ ।

त्यस्तै चालु आर्थिक वर्षको चैत्रसम्म चिकित्सकालयबाट १९ हजार ६२९ जनाले सेवा लिएको चिकित्सकालयले जनाएको छ । बजेट अभावका कारण औषधी खरिदमा समस्या भईरहेको प्रादेशिक आयुर्वेद चिकित्सकालयका मेसु रामेश्वर ठाकुरले बताएका छन् ।
चिकित्सकालयका अध्यक्ष नरेश विष्टले प्रदेश सरकारले आयुर्वेद चिकित्सकालयलाई सोतेनी व्यवहार गर्ने गरेको गुनासो गरेका छन् । उनले पटक पटक प्रदेश सरकारसंग माग गर्दा पनि बजेट नपाईएको बताए । विष्टले चिकिक्सकालयमा पर्याप्त जनशत्ति समेत नरहेको बताएका छन् ।
















