Attariya Hospital Pvt.Ltd.

गोदावरीमा अत्याधुनिक स्तरको स्वास्थ्य आपुर्ती केन्द्र निर्माणको काम अन्तिम चरणमा

padma
milan sunchadi

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा न ५ को गेटा मेडिकल कलेजको पछाडी बिजौरामा अत्याधुनिक स्तरको स्वास्थ्य आपुर्ती केन्द्र निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

सेभ द चिण्ड्रेन र सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक सहयोगमा ३ करोड २३ लाख ५६ हजार १०२ रुपैयाँको हाईटेक डेभलपर्स प्रा. लि. सँग निर्माणको लागि ठेक्का सम्झौता भएको र अहिले सिभिल संरचानको निर्माणको ७५ % काम अगाढी बढेको जानकारी सेभ द चिल्ड्रेनका कन्ट्रसन म्यानेजर आनन्द सापकोटाले बताएका छन ।

nawajiwan

गोदावरी नगरपालिका र सुदूरपश्चिम प्रदेश बाट निर्माणको क्रममा अनुगमन हुदै गर्दा यस सुदूरपश्चिमका लागि आवश्येक पर्ने औषधि, ईन्जेक्सन, लगायतको भण्डारणका लागि यो भवनको अति आवश्येक रहेको र अहिले निर्माणको अन्तिम चरणमा काम द्रुत गतिमा अगाढी बढेको  सुदूरपश्चिम स्वास्थ्य आपुर्ती केन्द्रका निमित्त निर्देशक डा. निरज अर्यालले बताएका छन ।

Siddi ganesh

स्टिल फ्रेम स्टक्चर भवन निर्माणका लागि सम्झौता भएको ६४ औं दिनमा नै ७५ % सिभिल सम्बन्धि काम सम्पन्न गर्न सफल भएको र सम्झौता अबधि असार मसान्त सम्म निर्माणको काम सम्पन्न गरी प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी रहेको कन्सलटेन्स साईट ईन्जिनियर प्रकाश बहादुर सिंहले बताएका छन ।

प्रदेश आपुर्ती केन्द्रको अनुगमनमा गोदावरी नगरपालिकाकी नगर उप प्रमुख शारदा देवी रोकाया,प्रमुख प्रशासकिय प्रमुख हरि दत्त भट्ट, स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थी प्रदेशका प्रतिनिधि, सेभ द चिल्ड्रेनका प्रतिनिधिको उपस्थितिमा निर्माणाधिन भवनको मंगलबार अनुगमन तथा निरिक्षण  गरिएको छ ।

Nawadurga
Leave A Reply

Your email address will not be published.