तरुण दल गोदावरीद्धारा गणतन्त्र दिवसमा रक्तदान कार्यक्रमको आयोजना

Image
maya metro

अत्तरिया – नेपाल तरुण दल गोदावरी नगर कार्यसमितिले रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

आज १७ औं गणतन्त्र दिवसको अवसर पारी रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।

nisarga

रगत अभाव हुने समस्यालाई मध्यनजर गर्दै रक्तदान कार्यक्रमको आयोजना गरिएको नेपाल तरुण दल गोदावरी नगरकार्यसमितिका सभापति रमेश भट्टराईले बताए ।

उनले रक्तदानलाई जीवनदानको रुपमा समेत लिईने भएकाले कार्यक्रममा सहभागि भएर रक्तदान गरिदिन सबैलाई अनुरोध गरेका छन् ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी धनगढीको सहकार्य रहने जनाएको छ । रक्तदान कार्यक्रम अत्तरिया स्थीत रेडक्रस उप शाखाको भवनमा चलिरहेको छ ।

रक्तदान कार्यक्रममा बोल्दै गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले महत्त्वपूर्ण कार्यक्रम आयोजना गरेकोमा धन्यवाद व्यक्त गरे ।

उक्त कार्यक्रममा नियमित रक्तदाता दिपक उपाध्याय र शेर सिंह खड्कालाई सम्मान गरिएको छ ।