एसईईमा उत्तीर्ण हुने विद्यार्थीलाई सत्यवतीको सम्मान

Image

अत्तरिया – कैलालीको अत्तरियामा रहेको सत्यवती एकेडेमीले एसईईमा उत्तिर्ण हुने आफ्ना विद्यार्थीलाई सम्मान गरेको छ । आज एक कार्यक्रमको आयोजना गर्दै विद्यालयले एसईईमा उत्तिर्ण हुने आफ्ना विद्यार्थीलाई सम्मान गरेको हो ।

उनीहरुलाई विद्यालयका संस्थापक विर बहादुर कडायत तथा प्रिन्सिपल यसोदा कडायतले अविर तथा माला लगाएर सम्मान गरेका हुन् । विद्यालयबाट एक जनाले ४ जिपीए हाँसिल गरेका छन् भने ७ जनाले ए प्लस ल्याएका छन् ।

विद्यालयबाट जम्मा ४९ जना विद्यार्थी उत्र्तीण भएका छन् । कार्यक्रममा बोल्दै संस्थापक कडायतले विद्यार्थी,शिक्षक र अभिभावकको संयुत्त मिहिनेतले विद्यालयले यस क्षेत्रकै उत्कृष्ट नतिजा ल्याउन सफल भएको बताए ।

उनले भविष्यमा पनि लगनशिल भएर अध्ययन गर्न सुझाव दिँदै विद्यार्थीहरुलाई आफ्नो तर्फबाट गर्न सकिने सहयोगका लागि हरेक समय तयार रहेको बताए । सत्यवतीका छात्र निर्मल ठगुन्नाले एसईईमा ४ जिपीए ल्याएका थिए ।

ठगुन्नाले आफु कक्षा ११ पनि सत्यवतीमै विज्ञान संकाय लिएर पढ्ने बताए । ठगुन्नालाई सत्यवतीले कक्षा ११ र १२ पुर्ण रुपमा निशुल्क पढाउने भएको छ । त्यस्तै एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई पनि विद्यालयले कक्षा ११ र १२ मा छात्रवृत्तिको व्यवस्था गरेको छ ।