डडेल्धुरामा चट्याङ लागेर एक जनाको मृत्यु

Image
maya metro

डडेल्धुरा – डडेल्धुरामा चट्याङ लागेर एक युवाको मृत्यु भएको छ।

जिल्लाको परशुराम नगरपालिका–१० बागथलीका अन्दाजी ४० वर्षीय अम्मरबहादुर विष्टको मृत्यु भएको वडाध्यक्ष राजकुमार भाटले जानकारी दिए।

nisarga

विष्ट आइतबार बाख्रा चराउन स्थानीय धरमपानी सामुदायीक वनमा गएका थिए।

तर साँझ बाख्रा मात्रै घर आएपछि स्थानीयले विष्टको खोजी सुरू गरेका थिए।

उनी आज बिहान सोही जंगलमा मृत फेला परेको वडाध्यक्ष भाटको भनाइ छ।