bhuwaneswari
Attariya Hospital Pvt.Ltd.

अत्तरियाको लोटस आई माविका सञ्चालक कडायत राष्ट्रिय शिक्षा पुरस्कार २०८१ बाट सम्मानित

padma
milan sunchadi

अत्तरिया – निजी क्षेत्रबाट शिक्षा क्षेत्रमा गरेको अतुलनीय योगदानको कदर गर्दै अत्तरियामा रहेको लोटस आई अंग्रेजी माध्यमिक विद्यालयका संस्थापक गिरीराज कडायतलाई राष्ट्रिय शिक्षा पुरस्कार २०८१ बाट सम्मानित गरेको छ ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले लोटस आई अंग्रेजी माध्यमिक विद्यालयका संस्थापक गिरीराज कडायत सहित ३२ जनालाई राष्ट्रिय शिक्षा पुरस्कार प्रदान गरेको हो ।

निजी क्षेत्रबाट शिक्षा क्षेत्रमा गरेको अतुलनीय योगदान गरेकामा सुदूरपश्चिम प्रदेशबाट पाँच जना छानिएका छन । जस अनुसार लोटसआइ सेकेण्डरी स्कूल अत्तरिया गोदावरी कैलालीका संस्थापक गिरिराज कठायत, पाटन भ्याली बोर्डिङ स्कुल पाटन बैतडीका संस्थापक नारायणसिंह भण्डारी, जेशिश एभरेष्ट मावि धनगढी–२ वैयावेहडी कैलालीका संस्थापक करुणाकर पाण्डेय, भागरथी एकेडमी सिलगढी डोटीका प्रिन्सिपल हेमराज मलासी र क्रिएटरजोन एकेडेमी बडिमालिका–८ मार्तडी बाजुराका संस्थापक मीनबहादुर कार्की पुरस्कृत भएका हुन ।

Siddi ganesh

मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार निजी लगानीका विद्यालयका शिक्षक, कर्मचारी र संस्थापक तर्फ कोशी प्रदेशबाट पाँच जना, मधेशबाट पाँच, वाग्मतीबाट पाँच, गण्डकी प्रदेशबाट तीन, लुम्बिनी प्रदेशबाट पाँच, कर्णाली प्रदेशबाट चार र सुदूरपश्चिम प्रदेशबाट पाँच जना छानिएका छन ।

Nawadurga
sudur last
Leave A Reply

Your email address will not be published.