बझाङका एक युवक ५३ किलो लागूऔषधसहित कैलालीमा पक्राउ

Image
maya metro

धनगढी – कैलालीमा एक जना लागुऔषधसहित पक्राउ परेका छन्।

जिल्लाको गौरीगंगा नगरपालिका–८ बडैपुरबाट बझाङको केदास्यु गाउँपालिका–६ थापागाउँका ३१ वर्षीय डम्ब बहादुर गुरधामी पक्राउ परेका छन्।

nisarga

उनले सञ्चालन गरेको मष्टा एग्रो प्रोडक्सन एण्ड सप्लायर्सबाट काठको टेबलको घर्रा भित्र लुकाइ राखेको ५३.८१ ग्राम चरेश बरामद गरेको प्रहरीले जनाएको छ।

उनलाई लागुऔषधसहित इलाका प्रहरी कार्यालय मसुरियाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।