नेपाली कांग्रेस र भ्रष्टाचारको विरुद्ध लडाइँ : शुद्धीकरणको आवश्यकता

Image
maya metro

शंकर खड्का

नेपाली कांग्रेस एक पुरानो, ऐतिहासिक, र आदर्शवादी पार्टी हो, जसले नेपालको लोकतान्त्रिक आन्दोलनलाई नेतृत्व गरेको छ। पार्टीका संस्थापक बिपी कोइरालाको नेतृत्वमा यसले देशको राजनीतिक प्रणालीमा क्रान्तिकारी परिवर्तन ल्याएको हो। बिपीले भनेझैं भविष्यमा पार्टी भित्र ‘सुकिला मुकिलाको’ हातमा जान सक्छ भन्ने खतरा अहिले झन् स्पष्ट देखिन थालेको छ। पार्टीका केही नेताहरूमा देखिएको भ्रष्टाचार र पदको दुरुपयोगले जनतामा गम्भीर प्रश्न उठेको छ ।

nisarga

हालैका घटनाहरूले नेपाली कांग्रेसभित्र गम्भीर शुद्धीकरणको आवश्यकता औंल्याएका छन्। पार्टीका केही प्रभावशाली नेताहरूले भनेजस्तै, कानुनलाई साथ दिनु पर्छ, गल्ती गरे जेल जानुपर्छ, नत्र उचाइमा पुर्‍याएर सम्मानित गर्नुपर्छ। तर, अत्तरिया उद्योग वाणिज्य संघको प्रकरणमा सहिलाई गलत गलतलाई सहि बनाउने खेल जुन खेल खेल्नु भो महामही ज्युहरुले यसको उल्टो प्रवृत्ति देखिएको छ। केही नेताकार्यकर्ताहरूले ‘चोरहरू न बचाए हाम्रो पार्टी नै सिधिन्छ’ भनेजस्तो ति चोरहरुलाइ बचाउन आफ्नु पदको दुरुपयोग गर्दै आइरहेका छन । यस्तो प्रवृत्ति पार्टी र समाज दुबैका लागि खतरनाक साबित हुदै गयको छ ।

नेपाली कांग्रेसका हजारौं नेता तथा कार्यकर्ताहरूले जनयुद्धका क्रममा आफ्नो जीवन बलिदान दिए, तर पार्टी कहिल्यै सकिएन। तर, अहिले केही भ्रष्टाचारका आरोपितहरूको कारबाहीले पार्टी सिधिन्छ भन्ने सोच्नै नसकिने कुरा हो। यसले पार्टीलाई कमजोर बनाउँदैन, बरु भ्रष्टाचारमा लिप्त चोरहरुको कारबाहीले पार्टी शुद्ध हुन्छ र अझ बलियो बन्छ।

यी भ्रष्टाचारको धमिराहरूलाई समयमै समाल्न नसकिए पार्टी भित्रैबाट क्षेति हुनेछ। जसले गर्दा आउने दिनहरूमा पार्टीको अस्तित्व र भविष्यमा गम्भीर असर पर्न सक्छ। शुद्धीकरणको यो अभियानले मात्र नेपाली कांग्रेसलाई सशक्त र इमानदार पार्टीको रूपमा अगाडि लैजान सक्नेछ।

दोस्रो तर्फ, नयाँ शक्ति पार्टीहरूले विगतमा कानुनी राज्यको पक्षमा आवाज उठाए, तर जब आफ्नै नेताहरू भ्रष्टाचारको आरोपमा परे, उनीहरूले कानुनको उल्लंघन गर्न थाले। यो प्रवृत्ति कुनै पनि पार्टीका लागि दुर्भाग्यपूर्ण हो र यसले पार्टीको आन्तरिक संरचनामा ध्वंस ल्याउँछ। यसमा निर्भर गर्दै, पार्टीका सदस्यहरूको नैतिकतामा भर पर्ने कुरा स्पष्ट देखिएको छ।

निष्कर्षतःनेपाली कांग्रेसले आफ्नो वैचारिक जग र लोकतान्त्रिक मूल्यमान्यतामा अडिग रहँदै, भ्रष्टाचार र दुराचारीहरूलाई समयमै कारबाही गरेर शुद्धीकरणको प्रक्रियालाई अगाडि बढाउन आवश्यक छ। यसले मात्र पार्टीलाई भविष्यमा बलियो र जनताको विश्वासप्राप्त संस्थाको रूपमा उभ्याउन सक्नेछ र २०८४ मा दुई तिहाइको सरकार बनाउन सक्नेछ ।

(खड्का तरुण दल गोदवरी नगर समिति कैलालीका निःवर्तमान सभापति तथा कांग्रेसको शुभेच्छुक संस्था नेल्टाका केन्द्रिय सदस्य हुन् ।)