भारतमा स्कुटी दुर्घटना हुँदा बझाङका युवकको मृत्यु

Image
maya metro

बझाङ – भारतमा स्कुटी दुर्घटना हुँदा बझाङका एक युकको मृत्यु भएको छ।

मृत्यु हुनेमा बझाङको दुर्गाथली गाउँपालिका–१ थापागाउँ घर भएका ३६ वर्षीय नरेन्द्र थापा रहेका छन्।

nisarga

सोमवार दिउँसो बैंगलुरुको चन्दापुराबाट इलेक्ट्रोनिक सिटि तर्फ जानेक्रममा आफैले चलाएको स्कुटी अनियन्त्रित भएर टाइल्स बोकेर गइरहेको ट्रकको पछाडिको टायर मुनी पर्दा थापाको घटनास्थलमै मृत्यु भएको उनका आफन्त विक्रम भण्डारीले बताए।

उनी २० वर्षदेखि परिवारसहित भारतमा रोजगारी गर्दै आएका थिए। ट्रक चालक भारतीय नागरिकलाई त्यहाँको प्रहरीले थप अनुसन्धानको लागि नियन्त्रणमा लिएको जनाइएको छ।