
बझाङ – बझाङमा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ।
जिल्लाको जयपृथ्वी नगरपालिका–७ सुबेडाका हरिप्रसाद सुवेदीका ४ वर्षीय छोरा हिमेशको मंगलबार बिहान पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी एवं इन्सपेक्टर लोकेन्द्रसिंह ठगुन्नाले बताए।

उनका अनुसार घर नजिकैको पोखरीमा डुबेको अवस्थामा फेला परेका बालिकलाई जिल्ला अस्पताल पुगाउँदा चिकित्सकले मृत घोषणा गरेका थिए।















