सैपाल युवा क्लबले सुरु गर्यो महिला तथा ग्रासरूट्स फुटबल प्रशिक्षण परियोजना

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर-८ स्थित स्याउलेमा रहेको सैपाल युवा क्लबले महिला तथा ग्रासरूट्स फुटबल प्रशिक्षण परियोजना सुरु गरेको छ ।

शनीबार (आज) क्लबका अध्यक्ष रमेश बोगटीको अध्यक्षतामा भएको औपचारिक कार्यक्रममा गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्ट र वडा नम्बर-८ का अध्यक्ष गोविन्द चौधरीले संयुक्तरुपमा प्रशिक्षकहरुलाई खेल सामग्री हस्तान्तरण गर्दै परियोजनाको समुद्घाटन गरेका हुन् ।

nisarga

स्थानीय स्तरमा रहेका बालिका तथा किशोरी र बालक तथा किशोरहरुलाई फुटबल प्रशिक्षण गराउने उदेश्यले क्लबले उक्त परियोजना सुरु गरेको कलबका उपाध्यक्ष धनन्जय चौधरीले बताए ।

खेलाडी उत्पादन गर्ने परियोजनाको उदेश्य रहेको क्लबका अध्यक्ष बोगटीले बताए । गोदावरी नगरपालिकामै पहिलोपटक सैपाल युवा क्लबले आयोजना गरेको यस परियोजनालाई सहयोग गरिदिन उनले सबैलाई आग्रह गरे ।

यस परियोजनाले किशोरकिशोरीहरु लागूऔषधमा फस्नेक्रमलाई पनि न्यूनिकरण गर्ने उनको विशवास छ ।

कार्यक्रममा बोल्दै लाई नगर प्रमुख भट्टले बालबालिका तथा युवाहरू पछिल्लो समय मोबाइलको लत र दुव्र्यसनमा फस्दै गएकाले खेलकुदलाई जीवनशैलीको रूपमा विकास गर्नुपर्ने आवश्यकता रहेको बताए ।

खेलकुदले अनुशासन, आत्मविश्वास, र मानसिक सुदृढता प्रदान गर्ने उल्लेख गर्दै उनले नगरपालिकाले खेल पूर्वाधार र प्रशिक्षण कार्यक्रमहरूमा लगानी बढाइरहेको बताए ।

खेलकुदलाई प्रोत्साहन गर्न आवश्यक पूर्वाधार निर्माण, नियमित प्रशिक्षण, र खेलाडीहरूलाई अवसर प्रदान गर्ने योजना नगरपालिकाले अघि सारेको उनको भनाई छ ।

उनले खेलकुद क्षेत्रको विकासमा स्थानीय निकाय, अभिभावक, तथा समुदायको सहकार्य आवश्यक रहेको उल्लेख गरे । परियोजना अन्तरगत ३५ जना बालिका तथा किशोरीसहित ६० जनालाई १ वर्षसम्म प्रशिक्षण गराईने क्लबका अध्यक्ष बोगटीले बताए ।

हप्ताको ६ दिन बेलुकी डेढ घण्टा क्लबको शान्ति टोलमा रहेको क्लबको खेलमैदानमा प्रशिक्षकहरु म्याक्स चौधरी र राजेश साउँदले प्रशिक्षण गराउने उनले बताए ।

गोदावरी नगरपालिकाको साझेदारी, कैलाली जिल्ला फुटबल संघको प्राविधिक सहयोग, र सैपाल युवा क्लबको व्यवस्थापनमा परियोजना सञ्चालन गरिएको हो । गोदावरी नगरपालिका वडा नम्बर ८ र ७ ले पनि परियोजनालाई सहयोग गरेका छन् ।