
अत्तरिया – कैलालीको अत्तरियामा रहेको इलाका प्रहरी कार्यालय(ईप्रका) मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) गंगा बहादुर थापाको सरुवा भएको छ । प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापाको गत बुधबारको निर्णयनुसार १२१ जना डीएसपी संगै थापाको पनि सरुवा गरिएको हो ।
थापाको गण्डकी प्रदेश प्रहरी गण पोखरा काँस्की सरुवा गरिएको छ । उनको स्थानमा सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायल डोटीमा कार्यरत रण बहादुर चन्द आउने भएका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय गम्भीर अपराध अनुसन्धान शाखा धनगढी कैलालीमा सरुवा भएर आएका थापा २०८० चैत्र ७ गते काजमा इलाका प्रहरी कार्यालय मालाखेती अत्तरियामा हाँजिर भएका थिए ।

आफ्नो झण्डै १३ महिने अवधीमा थापाले यस क्षेत्रमा भएका दुई वटा हत्याका घटनाको अनुसन्धान पूरा गरेका छन् । २०८१ कार्तिक २४ गते गौरीगंगा नगरपालिका वडा नम्बर ११ स्थित कान्तिपुरका ३५ वर्षीय सुरेश भुलको सामूहिक कुटपिटबाट मृत्यु भएको थियो । उक्त घटनाको सफल अनुसन्धानपछि प्रतिवादीहरु र्पुपक्षका लागि कारागारमा रहेका छन् ।
यो पनि
कुनै दबाबमा नपरी काम गर्छु : डिएसपी थापा
त्यस्तै २०८१ चैत्र २७ गते गोदावरी नगरपालिका वडा नम्बर १ स्थित अत्तरिया चौराहमा रहेको दुर्गा मन्दिर परिसरमा रगताम्य अवस्थामा एक पुरुषको शव फेला परेको थियो । जुन शवको घटनाको तीन दिनपछि सनाखत भएको थियो । उक्त शव डडेल्धुराको अमरगढी नगरपालिका वडा नम्बर- ७ पोखराका ३५ वर्षीय जगदीश कैनीको रहेको थियो भने उनको हत्या गरेको आरोपमा इलाका प्रहरी कार्यालय मालाखेतीले २०८२ वैशाख ४ गते बैतडीको डिलासैनीका ३१ वर्षीय हेमन्त बोहरालाई पक्राउ गरेको थियो ।
उनीमाथि थप अनुसन्धान जारी रहेको थापाको भनाई छ । इप्रका मालाखेतीकै कार्यालय अगाडि पुरुषको बीभत्स हत्या भएपछि स्थानीयले प्रहरीको आलोचना पनि गरेका थिए । त्यस्तै २०८१ साउन १६ गते गोदावरी ५ स्थित गेटा मेडिकल नजिक गम्भीर घाइते अवस्थामा फेला परेकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको र सडक दुर्घटनामा उनको मृत्यु भएको अनुसन्धानपछि खुल्न आएको थियो ।
यो पनि
होटलमा अनैतिक क्रियाकलाप गर्ने माथि डिएसपी थापाको कडाई,साढेतीन महिनामा ३७ जना पक्राउ
सो घटनाका दोषीलाई इप्रका मालाखेतीले दोस्रो दिन नै पक्राउ गरि अनुसन्धान पश्चात पुर्पक्षको लागि कारागार चलान भएको र थुनामा रहेको थापाले जानकारी दिएका छन् । यि सबै घटनाको सफल अनुसन्धान गर्न धेरै महिनेत गर्नु परेको उनको भनाई छ । त्यस्तै २०८१ फागुन २७ गते अत्तरियामै विद्युत प्राधिकरणका कर्मचारीमाथि अज्ञात समूहले खुकुरी प्रहार गरेको र तीन जनालाई पक्राउ गरि कारागार चलान गरिएको तथा अन्यको खोजी कार्य जारी रहेको पनि उनले बताए ।
१ करोड १६ लाखको अवैध सामान बरामद थापाले आफ्नो कार्यकालमा १ करोड १६ लाख ७० हजार ६५५ रुपियाँ बराबरको भन्सार छलीको अवैध सामान बरामद गरिएको बताए । त्यस्तै थापाले होटलमा हुने अनैतिक क्रियाकलापमा संलग्न १०४ जना पक्राउ परेको बताएका छन् । उनले सो अवधिमा लागूऔषध सहित १ सय जना पक्राउ परेको बताए । उनका अनुसार पक्राउ परेकाहरूको साथबाट ७८ ग्राम ८३२ मिलिग्राम खैरो हिरोइन, २१ किलो २८० ग्राम चरेस, २८० ट्याब्लेट नाईट्राभेट/ट्रामाडोल, १ हजार टेपाण्डाडोल बरामद गरिएको छ ।
यो पनि
इप्रका मालाखेतीका डिएसपी थापाको सरुवा, डोटीबाट चन्द आउने
लागूऔषधका ५९ मुद्दामा ९५ पुरुष र ५ महिला पक्राउ परेको उनले बताए । उनले १३ महिनाको अवधिमा जुवा तास सम्बन्धी मुद्दामा ८५ जना पक्राउ परेको र उनीहरूको साथबाट ६ लाख १० हजार, १४९ बरामद गरिएको बताए । त्यस्तै १३ महिनाको अवधिमा १ करोड १६ लाख ७० हजार ६५५ रुपैयाँ बराबरको भन्सार छलीको सामान समेत बरामद गरिएको डिएसपी थापाले बताए ।
डिएसपी थापाले १३ महिनाको अवधिमा ५० जना फरार पक्राउ गरी ६ वर्ष २० दिन कैद भुक्तान र ८ लाख ८२ हजार ८६३ रुपैयाँ जरिवाना असुल गरिएको बताए । उनले यो अवधिमा २७७ सामुदायिक प्रहरी साझेदारी कार्यक्रम गरिएको बताए । इप्रका मालाखेतीमा आइसकेपछि परिचयात्मक कार्यक्रममा स्थानीयले उठाएको मागलाई मध्यनजर गर्दै पाँच वटा क्षेत्रमा आफूले सक्रियतापूर्वक निगरानी गरेको उनले बताए ।
भिडियो