
अत्तरिया – कैलालीको अत्तरियामा आयोजना गरिएको १५ दिने आधारभूत कर्मकाण्ड प्रशिक्षणको समापन गरिएको छ ।
प्रतिभा सामुदायिक पुस्तकालय र नेपाल ज्योतिष परिषद् जिल्ला कार्य समितिले संयुक्त रुपमा आयोजना गरेको निशुल्क १५ दिने आधारभूत कर्मकाण्ड प्रशिक्षणको बिहिबार एक कार्यक्रमका बिच सुदूरपश्चिम प्रदेशका अर्थ राज्य मन्त्री प्रकाश बमको प्रमुख आतिथ्यतामा समापन गरिएको हो ।

समापन कार्यक्रममा सहभागीहरुलाई प्रमाणपत्र पनि प्रदान गरिएको थियो । प्रशिक्षणमा कैलाली, कञ्चनपुर र डोटीका ४० जना सहभागी रहेका थिए ।














