गोदावरीले मनायो १३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाले १३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस बिहिबार विविध कार्यक्रमका साथ मनाएको छ।

कार्यक्रममा निड्स नेपाल र मुक्त कमैया महिला विकास मञ्चको सहकार्यमा सम्पन्न भएको हो।

nisarga

गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज बिनाडीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि नगर उपप्रमुख शारदा देवी रोकाया थिइन्।

कार्यक्रममा ‘१०० दिने रोजगार कार्यक्रम’ मा सक्रिय रूपमा सहभागी भएका श्रमिकहरूलाई सम्मानपत्र प्रदान गरिएको थियो ।

कार्यक्रम अघि अत्तरियाको मुख्य बजार क्षेत्रबाट श्रमिकहरूको सहभागितामा सचेतनामूलक र्‍याली निकालिएको थियो।

श्रमिकहरूको सामाजिक सुरक्षा, अधिकार, न्यायपूर्ण पारिश्रमिक र दिगो रोजगारका विषयमा कार्यक्रमका वक्ताहरूले आ–आफ्नो धारणा राखेका थिए।

उपप्रमुख रोकायाले श्रमिकको अधिकार सुनिश्चित गर्न नगरपालिकाले निरन्तर पहल गरिरहेकाले आगामी दिनहरूमा अझ प्रभावकारी कार्यक्रमहरू ल्याउने बताइन्।

कार्यक्रमले श्रमिकहरूको मनोबल अभिवृद्धि गर्नुका साथै समाजमा श्रमको सम्मानबारे सकारात्मक सन्देश प्रवाह गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको रोजगार शाखाले जनाएको छ ।

कार्यक्रममा नगरका विभिन्न वडाका जनप्रतिनिधि, स्थानीय निकायका कर्मचारी, सामाजिक अभियन्ता, श्रमिक तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको समेत उपस्थिति थियो।